Logo

आईपीएल अक्सन : कुमीन्स, मोरिस र म्यासवेलमाथी उच्च मुल्य, पुजारा र पठान बिक्रि भएनन

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०५:१२ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको अक्सनमा पाट कुमिन्स, ग्लेन म्यासवेल र क्रिस मोरिसमाथी उच्च भाउ लागेको छ । आसन्न सिजनका लागि जारी अक्सनमा कुमिन्समाथी कोलकत्ता नाईट राईडर्सले १५ दशमलव ५ करोड भाउ लगाएको हो । कोलकत्ताले ईयोन मोर्गनलाई ५ दशमलव २५ करोडमा टोलीमा भित्र्याएको छ । ग्लेन म्याक्सवेललाई किङग्स एलाभेन पञ्जावले १० दशमलव ७५ करोडमा टोलीमा राखेको छ ।
रोयल च्यालेन्जर्स बैङलोरले क्रिस मोरिसलाई १० करोड र एरोन फिन्चलाई ४ दशमलव ४ करोडमा खरिद गरेको छ । राजस्थान रोयल्सले ३ करोडमा टोलीमा राख्दा साम कुरानमाथी चेन्नई सुपर किङसले ५ दशमलव ५ करोड भाउ लगाएको छ । मुम्बई ईण्डियन्सले क्रिस लियोनलाई २ करोड रुपैयामा टोलीमा अनुबन्धन गरेको छ ।
दिल्ली क्यापिटल्सले जासन रोए र क्रिस वोग्सलाई समान १ दशमलव ५ करोडमा टोलीमा राखेको छ ।
अक्सनमा हनुमा बिहारी, चतेश्वर पुजारा, युसुफ पठान, कोलिन डि ग्राण्डहोम र स्टुआर्ड बिन्नीलाई कुनै टोलीले भाउ लगाएनन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?