Logo

आईपीएल अक्टोबर नोभेम्बरमा हुन सक्छ : अशुमन गायकवाड

ई-खेलकुद २०७७ जेठ ७ , बुधबार ०४:०५ मा प्रकाशित

एजेन्सी । कोरोना सक्रमणका कारण अनिश्चित बनेको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल तत्काल सुचारु हुने संभावना नरहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईका अधिकारीहरुले बताएका छन् । बिसीसीआईका बोर्ड सदस्य तथा पुर्व प्रशिक्षक अंशुमन गायकवाडले भारतमा तत्काल क्रिकेटको गतिबिधी संभव नभएको बताएका हुन् । परिस्थितीको मुल्याङकनसंगै आगामी दिनमा सक्रमणको अवस्थाले आईपीएलको भविश्य निक्र्योल गर्ने उनको भनाई थियो । भारतीय सञ्चारमाध्यमहरुसंग कुराकानी गर्दै उनले आगामी अक्टोबर नोभेम्बरमा भने आईपीएल गर्न सकिने उल्लेख गरे ।
उनले भने– तत्काल आईपीएल हुने संभावना छैन, तर व्यवस्थापन गर्न सकिए अक्टोबर नोभेम्बरमा केहि संभावना देखीन्छ ।
अष्ट्रेलियामा हुने टि–२० विशवकप क्रिकेट भने यथास्थितीमा संभव नरहेको उनको भनाई छ । विश्वकप रद्द भए मात्र अक्टोबर नोभेम्बरमा आईपीएल सञ्चालन हुन सक्ने उनको भनाई थियो । भारतमा कोरोना माहामारी बढ्दो क्रममा रहेको बताउदै गायकवडले यस्तै परिस्थिती रहे झिनो संभावना पनि समाप्त हुने उल्लेख गरे ।

अंशुमन गायकवाड आईपिएल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?