Logo

आईपीएलमा बिक्रि नभएका खेलाडीहरु……

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०९:१२ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा यसपटक ठुला नाम पनि बिक्रि भएनन् । अन्तराष्ट्रिय क्रिकेटमा निक्कै सफल मानिएका मार्टिन गुप्टिल, ईभिन लिविस, कोलिन ईन्ग्राम, कार्लोस ब्रेथवेट, कोलिन मुनरो, एण्डिले पेल्लुख्वाओ, वेन कटिङ जस्ता क्रिकेटरमाथी कुनै टोलीको नजर परेन् ।
भरतको घरेलु क्रिकेटमा पनि निक्कै चर्चित खेलाडीहरु नमन ओझा, हनुमा बिहारी, चतेश्वर पुजारा, युसुफ पठान जस्ता खेलाडी पनि अक्सनबाट छानिएनन् ।
त्यस्तै विदेशी लिगहरुमा निक्कै छाएका कोलिन डि ग्राण्डहोम, स्टुआर्ड विन्नी, कुशल परेरा, साई होप, टिम साउथी, ईस सोधी, एडम जाम्पा, हेडेन वाल्स, मार्क उड, जेसन होल्डर, सिएन एबोट, माट हेनरी, लियाम प्लङकेट, जाहिर खान, मुस्फिकर राहिम, मुस्ताफिजुर रहमान, हेनरिक क्लेसन पनि टोलीको रोजाईमा परेनन् ।
आईपीएलमा टोलीले नजर पार्न नसकेका अन्य खेलाडीहरुमा मनजोत करला, रोहन कदाम, हरप्रित सिंह, डानिएल साम्स, शाहरुख खान, केदार देवधर, श्रीकर भारत, अंकुश वाईन्स, बिष्णु बिनोद, कुलवन्त खेजरोलिया, रिले मिरीडिट, केसी कारिआप्पा र सुधेसन मिथुन रहे ।
घरेलु क्रिकेटमा भारतसंगै अन्य मुलुकमा पनि राम्रै छाप बनाएका नुर अहमद, मनोज तिवारी, ऋषी धवन, एनरिच नोर्टेज, बारिन्दर शरण, अलजारी जोसेफ, एडम मिल्ने, आयुस बोडानी, प्रभिन दुवे, साम्स मुलानी, सहाबाज अहमद, राहुल शुक्ला,सुमित कुमारलाई पनि टोलीले बोली लगाउन आनाकानी गरे ।
अक्सनको सुचीमा रहेका आर्यन जुयाल, कुलदिप सेन, जेम्स पिटिन्सन, , युदभीर सिंह, सुजित नायक, नाथन ईलिस, केसरिक विलियम्स, जर्ज गार्टोन, भैभव आरोरा र सौरभ दुवेको सपना पनि यसपटक निराशामा बदलियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?