Logo

आईपीएलको अक्सन आज, सन्दिप कुन टिम पुग्लान ?

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०८:०२ मा प्रकाशित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी छनोट अक्सन आज हुदैछ । आगामी सिजनका लागि आईपीएल खेल्ने ८ टोलीले बोल कबोलका माध्यमबाट सुचीमा रहेका खेलाडी छनोट गर्नेछन् । यस बर्षको अक्सन चेन्नईमा हुदैछ । नेपाली समयानुसार दिउँसो सवा ३ बजे हुने अक्सनमा १ सय २५ विदेशीसहित २ सय ९२ खेलाडीको भाग्यको फैसला हुनेछ ।
सुचीमा रहेका खेलाडी मध्ये २२ विदेशी र ६१ भारतीय खेलाडी अक्सनका माध्यमबाट बिभिन्न टोलीमा पुग्नेछन् । यसपटकको अक्सनमा एसोसिएट राष्ट्रबाट ३ खेलाडी मात्र सहभागी छन् । लगातार तीन संस्करणको आईपीएलमा दिल्ली क्यापिटल्समा रहेका नेपाली लेगस्पिनर सन्दिप लामिछाने अक्सनमा रहेका एक्लो नेपाली क्रिकेटर हुन् । नेपालबाट बिभिन्न ८ क्रिकेटरले अक्सनका लागि नाम दर्ता गराएपनि अन्तिम सुचीमा भने सन्दिप मात्र परेका हुन् । यसपटक सन्दीपको न्युनतम मूल्य २० लाख भारुबाट दोब्बरले बढेर ४० लाख पुगेको छ । सोहि बेस रेटलाई आधार मान्दै सन्दिप माथी फ्रेन्चाईज टोलीले भाउ लगाउनेछन् ।

आईपीएल सन्दिप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?