
एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको खेलाडी अक्सन प्रक्रिया आज हुदैछ । कोलकत्तँमा नेपाली समयानुसार दिउसो पौने ३ बजे आईपीएलको अक्सन प्रक्रिया सुरु हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले जनाएको छ । अक्सनमा ३ सय ३२ क्रिकेटर रहनेछन् । ती मध्ये १ सय ८६ भारतीय र १ सय ४६ बिदेशी खेलाडी रहेका छन् । फ्रेन्चाईज ८ टोलीले बोल कबोलमार्फत उनीहरुलाई खरिद गर्नेछन् ।
यो सिजन किङस एलाभेन पञ्जावले सर्बाधिक खर्च गर्न पाउनेछ । उसको ४२ दशमलव ७० करोडको सिमा बा“कि छ । सबैभन्दा कम रकम भने मुम्बई ईण्डियन्सले १३ दशमलव ०५ करोड अक्सनमा खर्च गर्न पाउनेछ । कोलकत्ताले ३५ दशमलव ६५ करोड, राजस्थानले २८ दशमलव ९० करोड, बैङलोरले २७ दशमलव ९० करोड र दिल्लीले २७ दशमलव ८५ करोड रुपैया खर्च गर्न पाउने छन् ।
यो सिजनको आईपीएलमा पनि नेपाली लेगस्पिनर सन्दिप लामिछाने दिल्लीबाटै खेल्नेछन् । टोलीले उनलाई रिटेन गरेकाले उनी दिल्लीकै जर्सीमा रहने भएका हुन् ।
