Logo

आईपीएलका बाँकि खेल युएईमा सेप्टेम्बरमा गर्ने प्रस्ताव

ई-खेलकुद २०७८ जेठ १२ , बुधबार ११:०५ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण रोकिएको ईण्डियन प्रिमियर लिग आईपीएलका बाँकि खेल आगामी सेप्टेम्बरमा युएईमा गर्ने प्रस्ताव गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल २०२१ का बाँकी खेल आगामी सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्म युएईमा गर्ने प्रस्ताव गरेको हो ।
अन्य देशको क्रिकेट क्यालेन्डरसँग नजुधाई सो मितीमा प्रतियोगीता गर्ने गरी बिसीसीआईले प्रस्ताव गरेको हो ।
सो मितीमा आइपिएल भएमा विश्वकपको एक साताअघि मात्र आईपीएल समाप्त हुनेछ । विश्वकप अक्टोबर तेस्रो सातादेखि भारतमा हुने तय छ । प्रस्तावित नयाँ मितिको विषयमा आइपिएल टिमलाई भने जानकारी गराइएको छैन् । आइपिएलका बाँकी ३१ खेल २५ दिनको अवधिमा सक्ने बिसीसीआईको योजना छ । घरेलु मैदानमा आयोजना भएको प्रतियोगीता माहामारीका अवस्था ब्यापक बनेसंगै स्थगीत भएको थियो । भारतमा सक्रमण निक्कै बढ्न थालेपछि आईपीएल गराउन लागी युएई, श्रीलंका, ईङल्याण्ड लगायतका मुलुकले प्रस्ताव गरेका थिए । बिसीसीआईले अघिल्लो संस्करण समेत आयोजना गरेको युएईमै बाँकि खेल खेलाउने तयारी गरेको हो ।
टिमका खेलाडी तथा पदाधिकारीहरुमा सक्रमण तिब्र बनेसंगै गत महिना आइपिएल बीचैमा स्थगित गरिएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?