
एजेन्सी । अष्ट्रेलिया र श्रीलंकाबिचको टी–२० सिरिज आज सुरु हुदैछ । ३ म्याच अन्तर्गतको पहिलो खेल एडिलडमा नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । टी–२० सिरिजका लागि अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंका लासिथ मालिंङगाको कमानीमा मैदान उत्रनेछ ।
घरेलु टोली एरोन फिन्चको नेतृत्वमा रहनेछ । घरेलु मैदानमा हुने टी–२० विश्वकपको तयारीका लागि अष्ट्रेलियाले तयारी तिब्र पारेसंगै बिभिन्न राष्ट्रसंगको टी–२० सिरिजलाई पनि निरन्तरता दिएको हो ।
