
काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया र जोर्डनबिरुद्धको खेल खेलि नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । झण्डै २ साताको बैदेशीक यात्रापछि टोली काठमाण्डौ फर्कन लागेको हो । नेपाली टोली सा“झ ६ बजे काठमाण्डौ आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
क्यानबेरामा घरेलु टोलीसंग ५–० को हार भोगेको नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो । जोर्डनसंगको खेलसंगै नेपालका सबै अवे खेल सकिएका छन् । नेपालले अब सबै खेल घरेलु मैदानमा खेल्नेछ ।
पहिलो होम खेलका रुपमा नेपालले नोभेम्बर १९ मा कुवेतलाई आमन्त्रण गर्नेछ । त्यसपछि सन् २०२० को मार्च २६ मा चाईनिज ताईपेई, ३१ मा अष्ट्रेलिया र जुन ४ मा जोर्डनसंग प्रतिस्पर्धा गर्नेछ ।
