Logo

अष्ट्रेलियालाई एक खेल अगावै श्रीलंकाबिरुद्धको टी–२० सिरिज

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०९:१० मा प्रकाशित

एजेन्सी । श्रीलंकाबिरुद्धको टी–२० सिरिज घरेलु टोलि अष्ट्रेलियाले जितेको छ । ब्रिसबेनमा आज भएको दोस्रो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै कंगारु टोलीले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो । भ्रमणकारी श्रीलंकाले दिएको १ सय १८ रनको सामान्य चुनौती १३ दशमलव १ ओभरमा १ विकेट गुमाएर पुरा गर्दै अष्ट्रेलियाले सिरिज कब्जा गरेको हो ।
डेभिड वार्नर ६० र स्टिभ स्मिथ ५३ रनमा अबिजित रहदै टोलीलाई फराकिलो जित दिलाए । कप्तान एरोन फिन्च पहिलो ओभरमै खाता नखोली पभेलियन फर्किएका थिए । श्रीलंकाका लासिथ मालिंगाले फिन्चको विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ६ बल अगावै १ सय १७ रनमा समेटिएको थियो । कुशल परेराले २७ र दानुस्का गुणातिलकाले २१ रन बनाएको ईनिङसमा अभिस्का फर्नान्डोले १७ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहेन् ।
श्रीलंकालाई कम स्कोरमा समेट्न बिलि स्टानलेक,पाट कुमिन्स, अस्टोन अगर र एडम जाम्पाले समान २ विकेट लिए । दुई राष्ट्रबिचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?