Logo

अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने १५ औ टोली टुंगो, युएईलाई हराउदै स्कटल्याण्ड छनोट

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०९:१० मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियामा अर्को बर्ष हुने टी–२० विश्वकप क्रिकेट खेल्ने १५ औ टोली टुंगो लागेको छ । युएईमा जारी ग्लोबल क्वालिफायरमा घरेलु टोली युएईलाई हराउदै स्कटल्याण्डले औ टोलीको रुपमा अष्ट्रेलियाको टिकट काटेको हो । प्ले अफ स्पर्धामा स्कटल्याण्डले युएईलाई ९० रनको फराकिलो अन्तरले हरायो । १ सय ९९ रनको बिशाल लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको युएई ९ बल अगावै १ सय ८ रनमा समेटिएपछि स्कटल्याण्ड पष्mराकिलो जित निकाल्न सफल बन्यो । रामेज शाहजादले ३४ तथा महम्मद उस्मानले २० रन बनाएको युएईको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । युएईलाई सस्तैमा समेट्न र्सयान शर्रिफ र मार्क वाटले समान ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ६ विकेट गुमाएर १ सय ९८ रनको उच्च योगफल तयार पारेको थियो । जर्ज मुन्सेले ६५ रन र रीचि ब्रिङ्टोनले ४८ रन बनाएको ईनिङसमा तथा कप्तान काएल कोएटजरले ३४ रनको योगदान गरे । युएईका रोहन मुस्तफाले २ विकेट लिए । ग्लोबल क्वालिफायरबाट आजै हुने ओमान र हङकङबिचको खेलपछि विशवकप खेल्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?