
काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोटको तेस्रो खेलमा नेपालले बलियो टोली अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । असोज २३ गते हुने प्रतिस्पर्धा नेपालका लागि निक्कै कठिन प्रतिस्पर्धा हुनेमा दुईमत छैन् । फिफा बरियतामा ४६ औ स्थानमा रहेको अष्ट्रेलिया बिश्वकप खेलिसकेको मुलुक हो । उ भन्दा १ सय २० स्थान तल अर्थात १ सय ६६ औ स्थानमा रहेको नेपाललाई सो खेलमा दबाव पर्ने सहजै अनुमान लगाउन सकिन्छ । तथापी नेपाल रक्षात्मक रणनितिबाहेक अर्को विकल्पमा जाने संभावना समेत न्युन छ ।
पहिलो खेलमा कुवेतसंग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा चाईनिज ताईपेईबिरुद्ध २–० को जित हात पारेको थियो । अष्ट्रेलियाले कुवेतलाई २–० ले हराउदै दोस्रो चरणको यात्रा सुरु गरेको थियो ।
प्रिमियर लिगमा समेत खेलेका खेलाडीको बाहुल्यता रहेको कंगारु टोलीबिरुद्ध नेपाल निक्कै कमजोर टोली पनि हो । तर प्रशिक्षक योहान कालिन त्यसलाई फरक ढंङगले बिश्लेषण गर्छन् । आफ्नो क्षमता अनुसारको प्रर्दशनसंगै रक्षात्मक रुपमा कम्तीमा अंक बाड्ने योजनामा टोली मैदान उत्रने उनको भनाई छ ।
त्यसो त फिफा वरियतामा आफुभन्दा निक्कै माथी रहेको ताईपेईलाई हराएकाले पनि टोलीको मनोबल केहि उच्च रहेको छ । तर असन्तुलित प्रर्दशनको मार खेप्दै आएको नेपालले अघिल्लै प्रर्दशनलाई निरन्तरता दिनु आवश्यक छ ।
