Logo

अष्ट्रेलियाबिरुद्धको तेस्रो टेष्ट क्रिकेटमा ईङल्याण्डको रोमाञ्चक जित

ई-खेलकुद २०७६ भदौ ९ , सोमबार ०६:०८ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा ईङल्याण्डले रोमाञ्चक जित हात पारेको छ । भ्रमणकारी कंगारु टोलीलाई १ विकेटले हराउदै ईङल्याण्डले ५ म्याचको सिरिज १–१ को बराबरीमा पुर्याएको हो । बर्षाका कारण यी २ राष्ट्रबिचको दोस्रो टेष्ट अबरुद्ध भएको थियो । अष्ट्रेलियाले दिएको ३ सय ५९ रनको चुनौती ईङल्याण्डले चौथो दिन ९ विकेट गुमाएर भेट्टायो ।

वेन स्टोक्सले अविजित १ सय ३५ रन बनाएपछि ईङल्याण्डको जित निश्चित बनेको थियो । कप्तान जोए रुटले ७७ र जोए डीन्लेले ५० रन बनाए । पहिलो ईनिङसमा ६७ रनमा अलआउट भएपनि दोस्रो ईनिङसमा उत्कृष्ट पुनरागमन गर्दै ईङल्याण्डले जित हात पारेको हो । अष्ट्रेलियाका जस हाजलउडले ४ तथा नाथन लियोनले २ विकेट लिए ।
पहिलो ईनिङसमा १ सय ७९ रन बनाएको अष्ट्रेलियाले दोस्रो ईनिङसमा २ सय ४६ रन बनाउदै ईङल्याण्डसामु ३ सय ५९ रनको लक्ष्य छोडेको थियो । खेलमा ईङल्याण्डका वेन स्टोक्स प्लेयर अफ दि म्याच घोषित भए । दुई राष्ट्रबिचको चौथो टेष्ट क्रिकेट भदौ १८ गते म्यानचेष्टरमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?