Logo

अष्ट्रेलियाबिरुद्धको टेष्ट क्रिकेटमा ईङल्याण्डको मध्यम ब्याटिङ

ई-खेलकुद २०७६ भदौ २७ , शुक्रबार १०:०९ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको पाँचौ तथा अन्तिम टेष्ट क्रिकेटमा घरेलु टोली ईङल्याण्डले मध्यम ब्याटिङ गरेको छ । लण्डनमा टस जितेको कंगारु टोलीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ईङल्याण्डले दिनको समाप्तीमा ८ विकेट गुमाएर २ सय ७१ रन बनाएको छ । क्रिजमा जस बटलर ६४ र ज्याक लिएच १० रनमा रहेका छन् । कप्तान जोए रुटले ५७ र रोरी बुर्नसले ४७ रन बनाएको ईनिङसमा अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
अष्ट्रेलियाका मिचेल मार्सले ४ तथा पाट कुमिन्स र जोस हाजलउडले समान २ विकेट लिए । ईङल्याण्डले आज ८ विकेट गुमाएर २ सय ७१ रनको अवस्थाबाट दोस्रो दिनको खेल सुरु गर्नेछ ।
५ म्याचको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि रहेको छ । यी २ राष्ट्रबिचको दोस्रो टेष्ट बराबरीमा सकिएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?