Logo

अष्ट्रेलियाबिरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा,नवयुग र अजित टोलीमा

ई-खेलकुद २०७६ असोज १४ , मंगलबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । चाईनिज ताईपेईबिरुद्धको खेलमा रहेका मध्ये २ खेलाडीलाई परिवर्तन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले टोलीको घोषणा गरेको हो । प्रशिक्षक योहान कालिनले नवयुग श्रेष्ठ र अजित भण्डारीलाई टोलीमा राखेका छन् ।
टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ र देबेन्द्र तामाङ रहेका छन् । त्यस्तै रजिन धिमाल, सुमन अर्याल, रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ र विक्रम लामाले टोलीमा निरन्तरता पाएका छन् ।
टोलीका अन्य सदस्यहरुमा तेज तामाङ, सन्तोष तामाङ,विशाल राई, विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपालले आफ्नो तेस्रो खेलमा असोज २३ गते अष्ट्रेलियासंग उसैको मैदानमा खेल्नेछ । त्यसलगत्तै नेपालले जोर्डन भ्रमण गर्नेछ । जोर्डनसंगको खेल असोज २८ गते हुनेछ । सुरुवाती २ खेलमा ३ अंक जोडेको नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?