Logo

अष्ट्रेलियन ओपनको फाईनल प्रबेशका लागि सितसिपास र मेदभेदेव भिड्दै

ई-खेलकुद २०७७ फागुन ७ , शुक्रबार ०९:०२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत पुरुष एकलतर्फको फाईनल प्रबेशका लागि चौथो बरियताका रसियन डानिल मेदभेदेव तथा पाँचौ बरियताका ग्रीसका स्टेफानोस सितसिपास भिड्दैछन् । लोड लाभर एरेनामा हुने सेमिफाईनल भिडन्तमा दुबैको लक्ष्य ग्राण्डस्लामको उपाधिनजिक पुग्ने हुनेछ । आजको खेलमा जित निकाल्ने खेलाडीले प्रतियोगीताको उपाधिका लागि शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिचसंग खेल्नेछन् । जोकिभोचले पहिलो सेमिफाईनलमा एस्लान खारात्सेभलाई सोझो सेटले हराउदै उपाधि यात्रा तय गरेका थिए । जोकोभिच ६–३, ६–४ र ६–२ को जित निकाल्दै १९ औ ग्राण्डस्लामको उपाधिनजिक छन् । फाईनल खेल आईतबार मेलबर्नमा हुनेछ ।

अष्ट्रेलियन ओपन डानिल मेदभेदेव

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?