Logo

अष्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई

ई-खेलकुद २०७७ फागुन ९ , आईतबार ०४:०२ मा प्रकाशित

एजेन्सी । विश्व नम्बर वान सर्बियन नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् । किर्तिमानी नवौ पटक अष्ट्रेलियन टेनिसको उपाधि उचाल्न क्रममा उनले रसियन डानिल मेदभेदेवलाई सोझो सेटले पराजित गरे ।
मेलबर्नमा पहिलो सेटमा ७–५ को संर्घषपुर्ण जित निकालेका जोकोभिचले त्यसपछिका सेटमा ६–२ र ६–२ को सहज जित निकाले । जोकोभिचले लगातार तेस्रो पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि उचालेका हुन् । उनको यो १८ औं ग्राण्डस्लाम उपाधि हो ।
महिलातर्फको उपाधि भने जापानकी नाओमी ओसाकाले जितेकी छिन् । फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् ।

अष्ट्रेलियन ओपन जोकोभिच

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?