Logo

अलमुताइरीको प्रशिक्षणमा खेल सक्दैनौ : सिनियर खेलाडी

ई-खेलकुद २०७९ वैशाख १५ , बिहीबार ०६:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका ११ सिनियर खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा मैदान उत्रन नसकिने बताएका छन् । राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै उनी विरुद्व बिद्रोह गरेका खेलाडीले उनको प्रशिक्षणमा मैदान उत्रने संभावना नरहेको बताएका हुन् । प्रशिक्षकको व्यवहार र कार्यशैलीका कारण आफुहरुले ठुलो सास्ती झेलेको उनीहरुको भनाई छ । टोलीका डिफेन्डर अनन्त तामाङ्गले अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताए । सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै उनले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाको सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको र त्यसको बिरोध गर्दा अन्य खेलाडीमाथी पनि अभद्र व्यबहार देखाएको उनीहरुको आरोप छ । प्रशिक्षक अलमुताईरीले व्यक्तिगत बिषयलाई लिएर समेत खेलाडीमाथी गतल व्यबहार गर्ने गरेको सुनाए । उनले भने– कहिले कपाल, कहिले ट्याटुको बिषयलाई लिएर खेलाडीमाथी जाई लाग्ने प्रवृती उनीसँग छ । अलमुताइरीले गरेको अभ्यास विश्वको फुटबलमा कही कतै नभएको उनीहरुको भनाई छ ।
उनको प्रशिक्षणमा नेपाली फुटबलको समेत विकास हुन नसक्ने सिनियर खेलाडीहरुको तर्क छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?