Logo

अलबिदा डिएगो म्यारोडोना !

ई-खेलकुद २०७७ मंसीर ११ , बिहीबार ०९:११ मा प्रकाशित

एजेन्सी । अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । ६० बर्षका म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा निधन भएको हो । बीबीसीका अनुसार उनलाई मादक पदार्थको लत थियो र यसबाट छुटाउन उनको उपचार पनि सँगै भइरहेको थियो । म्याराडोना अर्जेन्टिनाका आक्रमक मिड फिल्डर थिए ।
८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रूपमा रहेका म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्व कपको उपाधी चुमेको थियो । यसबाहेक उनको थुप्रै व्यक्तिगत विश्व रेकर्डहरु छन् । म्याराडोनाले ३७ वर्षको उमेरमा व्यवसायिक खेलबाट सन १९९७ मा सन्यास लिएका थिए । खेल जीवनबाट सन्यास लिएपनि उनी सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका थिए ।

 

डिएगो म्यारोडोना निधन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?