Logo

अरुणा गुरुङ फुटबलको मुख्य प्रशिक्षक

ई-खेलकुद २०७७ पुस १७ , शुक्रबार ०२:०१ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्गलाई नियुक्त गरेको छ । राष्ट्रिय फुटबल टिमकी पूर्व सदस्य समेत रहेकी गुरुङलाई राखेपले मुख्य प्रशिक्षकको जिम्मेबारी दिएको हो । राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेपनि उनको समयसीमा भने तय गरिएको छैन् । गुरुङको कामको मुल्याङकन गर्दै समयाबधी निर्धारण गर्ने राखेपले जनाएको छ । यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो ।
मुख्य प्रशिक्षक गुरुङ्गले देशभर रहेका फुटबल प्रशिक्षकसंग समन्वय गरेर प्रशिक्षणलाई अघि बढाउनेछिन् । देशभर चलेका प्रशिक्षणलाई ब्यवस्थित गर्ने, संयोजन गर्ने, योजना बनाउने र आवश्यक निर्देशन दिने काम मुख्य प्रशिक्षकको रुपमा गुरुङ्गको रहनेछ ।

मुख्य प्रशिक्षक राखेप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?