Logo

अमेरिकासंग नेपालको लज्जास्पद हार

ई-खेलकुद २०७८ असोज १ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ । आफ्नो दोस्रो सिरिजको तेस्रो खेलमा नेपाल अमेरिकासंग ६ विकेटले पराजित भएको हो । लिग टुको खेलमा अमेरिकाले नेपाललाई पहिलो पटक हराएको हो ।

यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो । नेपालले दिएको १ सय ७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

अमेरिकाको जितमा स्टेभन टेलरले ९२ रनको योगदान गरे । मोनांक पटेल ३८ र जसकरण मल्होत्रा ३६ रनमा अविजित रहदै टोलीलाई शानदार जित दिलाए । नेपालका सन्दिप लामिछाने र करण केसीले समान २ विकेट लिए ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा समेटिएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाएको नेपालको इनिङ्समा कुशल भुर्तेलले ३६ र गुलशन झाले २८ रन बनाए । करण केसीले १२ र विनोद भण्डारीले १० रन जोडे । अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए । सिरिजको अन्तिम खेलमा नेपालले आईतबार घरेलु टोली ओमानको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?