Logo

अमेरिकाविरुद्ध रोहितको पनि अर्धशतक

ई-खेलकुद २०७८ भदौ २८ , सोमबार ११:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप लिग टु अन्तर्गत अमेरिकाविरुद्धको खेलमा मध्यक्रमका व्याट्सम्यान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् । २ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा क्रिज आएका पौडेलले ७९ बलमा अर्धशतक बनाएका हुन् । उनले १ चौका र ३ छक्का प्रहार गरे ।
यसअघि ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पुरा गरेका थिए । भुर्तेलको एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?