
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेका कप्तान सन्दिप लामिछानेले अमेरिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाल, अमेरिका र ओमानबीचको सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन् । आजको खेलमा नेपालले ओमानविरुद्ध हिजो मैदान उतारेको टोलीलाई नै निरन्तरता दिएको छ ।

यसअघि नेपाल र अमेरिकाबीचको खेल टाई भएपछि दुबै टोलीले एक एक अंक पाउका थिए । सिरिजमा नेपाल र अमेरिका दुबैले ओमानलाई हराएका थिए । आज दुबै टोली दोस्रो जितसँगै सिरिजको अन्त्य गर्ने योजनामा रहेका छन् ।