Logo

अमेरिकाले नेपाललाई दियो २ सय ३१ रनको लक्ष्य

ई-खेलकुद २०७८ भदौ २८ , सोमबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपालसामु २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अमिरात क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३० रनको योगफल तयार पारेको हो । मोनांक पटेलको शतकिय ईनिङसमा अमेरिकाले सम्मानजनक योगफल तयार पारेको हो । १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गर्दै एक साय रन बनाए । निसर्ग पटेलले २१, करिम गोरे र सुसान्त मोदानीले समान १६ र स्टेभन टेलरले १४ रन बनाए । अमेरिकाका २ ब्याट्सम्यान रनआउट भएका थिए ।
नेपालका बिक्रम शोब, सन्दिप लामिछाने र सुसन भारीले समान २ तथा कुशल मल्लले एक विकेट लिए । कसिलो बलिङ गरेका सन्दिपले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ३५ रन खर्चिए । भारीले ३१ रन खर्चिदै २ विकेट लिए । अमेरिकाविरुद्ध करण केसी भने केहि महङगो सावित भए । मात्र ५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चदा कुनै विकेट हात पार्न सकेनन् ।
२ सय ३१ रनको लक्ष्यसहित नेपालले केहिबेरमा जवाफि व्याटिङ सुरु गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?