Logo

अमेरिकाद्धारा नेपालसामु २ सय ४६ रनको लक्ष्य, करणले लिए ३ विकेट

ई-खेलकुद २०७९ असार २ , बिहीबार १२:०६ मा प्रकाशित

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा अमेरिकाले नेपालसामु २ सय ४६ रनको चुनौती प्रस्तुत गरेको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रनको योगफल तयार पारेको हो । गजानन्द सिंहले सर्बाधिक ५८ रन बनाएको अमेरिकाको ईनिङसमा सुशान्त मोदानीले ५४, आरोन जोनेसले ४३ र सैतेजा मुक्कामालाले ३६ रन बनाए । निसर्ग पटेल १८ र क्यामरुन स्टेभेनसन १६ रनमा अबिजित रहे ।
नेपालका करण केसीले ३, सन्दिप लामिछानेले २ तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १ विकेट लिए । अघिल्ला ३ मध्ये एक जित, एक हार र एक् बराबरीको नतिजा निकालेका दुबै टोली आज सिरिजमा दोस्रो जितको खोजीमा रहेका छन् । दुबै टोलीले ओमानलाई हराएका थिए । नेपाल र अमेरिकाबीच यसअघि भएको खेल भने टाई भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?