Logo

अभिषेक र मञ्जलीले पाए पुर्ब घोषित पुरस्कार

ई-खेलकुद २०७७ मंसीर १२ , शुक्रबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय फुटबल टोलीका फरवर्ड अभिषेक रिजाल र महिला टोलीकी मञ्जली योञ्जनले पुर्ब घोषत पुरस्कार प्राप्त गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उदयमान यी दुई खेलाडीलाई आज पुर्ब घोषित पुरस्कार प्रदान गरेको हो ।
एन्फाले आज एक कार्यक्रमका बिच अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर प्रदान गरेको हो । ‘एन्फा दिवस’ को अवसरमा पुरुषतर्फको उदयमान खेलाडी अभिषेक र महिलातर्फ मन्जलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । एन्फा दिवसमा औपचारिक कार्यक्रम हुन नसकेपछि खेलाडीहरुले पुरस्कार पाउन सकेका थिएनन् ।
सोहि कार्यक्रममा एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड भगिरथ आलेलाई पनि मोटरसाइकल प्रदान गरेको छ ।
त्यस्तै एन्फाले पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धरलाई उत्कृष्ट रेफ्रीबाट पुरस्कृत गरेको छ । खत्रीले मोटरसाइकल र मानन्धरले स्कुटर प्राप्त गरिन् ।

 

एन्फा पुरस्कार

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?