
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको फाईनलमा अहिले नेपाल र भुटानबिच प्रतिस्पर्धा भईरहेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले खेलको १७ औ मिनेटमा गोल गर्दै खेलमा नेपालले अग्रता बनाएको छ । अबिशेक रिजालले नेपाललाई अग्रता दिलाएका थिए ।
उनले जारी सागमा ब्यक्तिगत गोल संख्या ३ पुर्याएका छन् ।
