Logo

अफगान फुटबलर खसेका थिए जहाजबाट……

ई-खेलकुद २०७८ भदौ ४ , शुक्रबार ०९:०८ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानमा यो साता भएको राजनितिक उतारचढाबसंगै मुलुक छाड्नेको संख्या उच्च बनिरहेको छ । विमानस्थलमा हजारौ नागरिक तेस्रो मुलुक जाने पर्खाईमा छन् । तालेबान बिद्रोहिले सत्ता कब्जा गरेसंगै नागरिकहरु देशै छाडेर हिड्ने अवस्थामा पुगेका हुन् ।
यसै क्रममा सोमबार आकाशमा उडिरहेको अमेरिकन आर्मीको जहाजबाट खसेर केहि व्यक्तिको मृत्यु भयो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जहाजबाट मानिस खसिरहेको भिडियो सार्बजनिक गरेका थिए । तीनै खस्ने व्यक्तिहरुको सुचीमा थिए । अफगानिस्तानका युवा फुटबल खेलाडी जाकी अनवारी ।
उमेर समुहको राष्ट्रिय टोलीका सदस्य अनवारीको जहाजबाट खसेर मृत्यु भएको अफगान खेलकुद मन्त्रालयले पुष्टि गरेको छ ।


सोमबार तालिबानी लडाकुको त्रासका कारण सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोजेका तीन जना अफगानी नागरिक उडिरहेको विमानबाट खसेका थिए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमानबाट खसेका थिए । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।
यस्तै, अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको आधिकारिक फेसबुक पेजमा समेत अनवारीको विमानबाट खसेर निधन भएको पुष्टि गरेको छ । तालिबानको तथ्याङ्कअनुसार काबुल विमानस्थल र त्यसको वरिपरि गत आइतबारदेखि बुधबारसम्ममा १२ जनाको मृत्यु भएको छ । गोली प्रहार, भगदौडमा किचिएर र विमानबाट खसेर १२ जनाको मृत्यु भएको रोयटर्ससँगको कुराकानीमा तालिबानका एक अधिकारीले जानकारी दिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?