Logo

अफगानिस्तान अण्डर १९ एसियाकप क्रिकेटको सेमिफाइनलमा

ई-खेलकुद २०७६ भदौ २१ , शनिबार ०१:०९ मा प्रकाशित

एजेन्सी । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान अण्डर १९ एसियाकप क्रिकेटको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा कुवेतलाई ७ विकेटले हराउदै अफगानिस्तानले एक खेल अगावै अन्तिम चारको यात्रा तय गरेको हो । लगातार दोस्रो हारसंगै कुवेत समुहचरणबाटै बाहिरिएको छ ।
कुबेतले दिएको ८६ रनको चुनौती अफगानिस्तानले मात्र १२ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा फरहान जखालीले अबिजित ३८ र रहमुल्लाह जर्मा खानले २८ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको कुवेत २७ दशमलब ३ ओभरमा ८५ रनमा समेटिएको थियो । मित भावसरले सर्बाधिक २० रन बनाएको ईनिङसमा गोभिन्द सुनिल कुमारले १५ रन बनाए । उसका अन्य ब्याट्सम्यानले गतिलो ब्याटिङ गर्न सकेनन् ।
अफगानिस्तानका साफिउल्लाह घफारीले ३ तथा नुर अहमद र फजलाक फारुकीले समान २ विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?