Logo

अफगानिस्तानबिरुद्धको वन डे सिरिज वेष्ट ईण्डिजलाई

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०७:११ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानबिरुद्धको वन डे सिरिज वेष्ट ईण्डिजले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । दोस्रो खेलमा गएराती ४७ रनको जित निकाल्दै क्यारेबियन टोलीले सिरिज आफ्नो पक्षमा पारेको हो । २ सय ४८ रनको सामान्य चुनौती पछ्याएको अफगानिस्तान ४५ दशमलब ४ ओभरमा २ सय रनमा समेटिएपछि क्यारेवियन टोलीले जित हात पारेको हो । नाजिबुल्लाह जर्दानले ५६, रहमत शाहले ३३ र महम्मद नाबीले ३२ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । वेष्ट ईण्डिजका सेल्ड्रोन कोटरेलm रोस्टोन चासे र हेडेन वाल्सले समान ३ विकेट लिए ।
यसअघि लखनउमा पहिले ब्याटिङ गरेको वेष्टईण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा निकोलस पुरनले ६७, ईभिन लिविसले ५४, साई होपले ४३ र सिमरोन हेटमेरले ३४ रनको योगदान दिए ।
अफगानिस्तानका नभिन उल हकले ३ तथा मुजिवउर रहमान, सैफुदिन असरफ, महम्मद नाबी, रासिद खान र जाभेद अहम्दीले समान एक विकेट लिए ।
यी दुई राष्ट्रबिचको तेस्रो वन डे क्रिकेट भोली हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?