Logo

अफगानिस्तानबिरुद्धको पहिलो टि–२० क्रिकेटमा वेष्टईण्डिज बिजयी

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०८:११ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानबिरुद्धको पहिलो टि–२० क्रिकेटमा वेष्ट ईण्डिजले सहज जित हात पारेको छ । भारतको लखनउमा भएको खेलमा ३० रनको जित निकाल्दै क्यारेबियन टोलीले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । १ सय ६५ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । नाजिबुल्लाह जर्दानले २७ रन बनाएको ईनिङसमा असघर अफगानले २५, फारिद अहमदले २४ र हज्रतुल्लाह जजाईले २३ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । वेष्टईण्डिजका केसरिक विलियम्सले ३ तथा किरन पोलार्ड र हेडेन वाल्सले समान २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको वेष्टईण्डिजले ५ विकेट गुमाएर १ सय ६४ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा ईभिन लिविसले ६८, किरन पोलार्डले नटआृट ३२ र सिमरोन हेटमेरले २१ रनको योगदान गरे । अफगानिस्तानका गुल्वादिन नाईबले २ तथा मुजीवउर रहमान, रासिद खान र नाभिन उलहकले समान एक विकेट लिए ।
दुई राष्ट्रबिचको दोस्रो टि–२० क्रिकेट भोली हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?