
काठमाण्डौ । नेपाल ओलम्पिक कमिटीको २० गते हुने भनिएको निर्वाचन अन्यौलमा परेको छ । निर्वाचन आउन ३ दिन बाँकि रहदा सर्बोच्च अदालतले निर्वाचन रोक्न आदेश दिएसंगै कमिटिको निर्वाचन अन्यौलमा परेको हो । कमिटिका कार्यसमिति सदस्य कमल बहादुर चित्रकारले चुनाव रोक्न माग गर्दै सर्बोच्चमा रिट हालेका थिए । सोहि रिटमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले ओलम्पिक कमिटीलाई १५ दिनभित्र जवाफ दिन निर्देशन दिँदै त्यतिबेलासम्म चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
कमिटिको निर्वाचनका लागि निर्वाचन प्रक्रिया समेत अघि बढिसकेको अवस्थामा सर्बोच्चबाट यस्तो निर्णय आएपछि निर्वाचन प्रक्रिया संकटमा परेको हो । कमिटिको आसन्न नेतृत्वका लागि मनोनयन प्रक्रिया सकिए सकिएको छ ।
उपमहासचिव र कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भईसकेपछि अदालतबाट निर्वाचन रोक्न आदेश आएको हो । कमिटिको निर्वाचनमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्षमा मनोनयन गरिसकेका छन् ।
