Logo

अन्योलमा नवौ राष्ट्रिय खेलकुद

ई-खेलकुद २०७७ कात्तिक २९ , शनिबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । कोरोना माहामारीका कारण पोखरामा हुने तय भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्योलमा परेको छ । घरेलु खेलकुदका गतिबिधि विगत लामो समयदेखी ठप्प भएको तथा प्रतियोगीताका लागि पर्याप्त तयारी नपुगेपछि फागुन २१ देखी २८ गतेसम्मका लागि तय गरिएको प्रतियोगीता नहुने संभावना बढेको हो । यद्यपी राष्ट्रिय खेलकुद परिषद राखेपले त्यस बिषयमा कुनै निर्णय लिईएको छैन् ।
दुई वर्षअघि नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुदको समापनको दिन नवौ राष्ट्रिय खेलकुदको मिती घोषणा गर्दै झण्डा हस्तान्तरण गरिएको थियो ।
खेल गतिविधि अनियमित भएसंगै तयारीमा समेत अबरोध आउने भएकाले निर्धारित मितीमा प्रतियोगीता गर्न संभव नरहेको स्वयम सरोकारवालाहरु बताईरहेका छन् । मुख्य प्रतियोगिताअघि छनोट प्रतियोगिता तथा अन्य तयारीमा समय लाग्ने भएकाले त्यसको संभावना न्युन रहेको उनीहरुको तर्क छ ।
तर राखेप सदस्य सचिव रमेशकुमार सिलवाल मंसिर १५ सम्ममा खेलकुद गतिबिधि सञ्चालन भए राष्ट्रिय खेलकुद निर्धारित मितीमै गर्न सकिने दाबी गर्छन् । त्यसैलाई आधार मान्दै सरकारले खेलकुद गतिबिधि सुचारु गर्ने निणर्य समेत गरिसकेको छ । तथापी माहामारीको ब्यापकतामा कमी नआएपछि सरकार र स्वयम सरोकारवाला निकायनै अन्योलमा पर्न थालेका छन् ।
राखेपले पोखरालाई केन्द्रमा राख्दै गण्डकी प्रदेशका सबै जिल्लामा बिभिन्न खेल आयोजनाको तयारी केहि मात्रामा अघि बढाएको छ । पुर्बाधारका केहि कामपनि बाँकि नै रहेकाले त्यसले पनि प्रतियोगीता निर्धारित मितीमा गर्न केहि बाधा उत्पन गराउने निश्चित छ । गण्डकीमा पौडी र सुटिङ खेलका लागि पूर्वाधार छैन । अन्य पूर्वाधार भने लगभग तयारी अवस्थामा छन ।
यावत समस्यासंग जुध्दै प्रतियोगीता गर्न सके राखेपका लागि अर्को गौरबपुर्ण नजिर स्थापित हुन छ । तथापी हुन नसकेपनि उसलाई कोरोना र सक्रमणको ब्यापकतातर्फ बाहाना तेर्साउने छुटपनि यसपटक निश्चित रुपमा रहने नै छ ।

राखेप राष्ट्रिय खेलकुद

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?