
झापा । विभागीय टोली नेपाल पुलिस क्बल झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तरााष्ट्रिय गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा घरेलु टोली झापा ११ लाई २–१ ले हराउदै पुलिसले क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
झापाको बिर्ताबजारस्थित डोमालाल रंगशालामा पुलिसलाई जिताउन सुमन लामा र सौजन याख्खाले एक एक गोल गरे । झापाका योगेश गुरुङले सान्त्वना गोल फर्काएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा १ गोल थप्दै एक गोल खाएको थियो । दोस्रो हाफमा निक्कै आक्रामक बनेपनि झापाले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो । पुलिसले सेमिफाइनल प्रबेशका लागि मंगलबार अर्को विभागीय टोली एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले१२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
