
झापा । झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तरााष्ट्रिय गोल्डकप फुटबलको दोस्रो खेलमा अहिले घरेलु टोली झापा ११ र विभागीय नेपाल पुलिसबिच प्रतिस्पर्धा भईरहेको छ । झापाको बिर्ताबजारस्थित डोमालाल रंगशालामा केहिबेर अघि २ टोलीबिचको प्रतिस्पर्धा सुरु भएको छ । जारी खेलको विजताले क्वार्टरफाइनलमा आगामी मंगलबार अर्को विभागीय टोली शसस्त्र प्रहरीको एपीएफसँग खेल्नेछ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस क्लबलाई पराजित गर्दै सिक्किम आक्रामक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले१२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
