Logo

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु

ई-खेलकुद २०७६ कात्तिक १६ , शनिबार ०२:११ मा प्रकाशित

झापा । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता झापामा आज सुरु हुदैछ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस क्लब र पाहुना टोली सिक्किम आक्रामकबिच प्रतिस्पर्धा हुदैछ ।
प्रतियोगितामा जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११, नेपाल पुलिस क्लब, गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाईज गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?