
झापा । अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि विभागीय त्रिभुवन आर्मीले जितेको छ । झापा गोल्डकपको ३ पटकको बिजेता आर्मीले झापाली मैदानमा अर्को महत्वपुर्ण उपाधि जितेको हो । बिर्ताबजारस्थित डोमालाल रंगशालामा आज भएको खेलमा चर्च ब्वाईज युनाईटेडलाई २–० ले हराउदै आर्मीले उपाधि आफ्नो नाममा लेखाएको हो । आर्मीको जितमा दुबै गोल कप्तान टेकबहादुर बुढाथोकीले गरे ।
खेलमा अधिकांश समय बल पोजिशन आफ्नो पक्षमा पारेको आर्मीले चर्च ब्वाईजको पोष्टमा लगातार आक्रमण बुनेको थियो । उपाधिसंगै आर्मीले १२ लाख ५० हजार हात पार्यो । उपविजेता चर्च ब्वाईजले ६ लाख २५ हजारमा चिक्त बुझायो । जायोन स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगीतामा २ विदेशीसहित १० टोलीको सहभागीता रहेको थियो ।
