Logo

अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकपको उपाधिका लागि आर्मी र चर्च ब्वाईज भिड्दै

ई-खेलकुद २०७६ कात्तिक २५ , सोमबार ०७:११ मा प्रकाशित

झापा । झापामा जारी अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबलको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र चर्च ब्वाईज युनाईटेडबिच प्रतिस्पर्धा हुदैछ । झापाको बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो साढे २ पछि हुने खेलमा दुबै टोली उपाधी हत्याउने योजनामा मैदान उत्रनेछन् । आर्मीले सेमिफाइनलमा सिक्किमको आक्रामक एएफसीलाई हराउदै उपाधि यात्रा तय गरेको हो भने चर्च ब्वाईजले नेपाल पुलिसको चुनौती पन्छाउदै फाईनलमा स्थान सुरक्षित गरेको थियो । टोलीका मुख्य खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की बिनै आर्मीले प्रतियोगीतामा सहभागीता जनाएको छ ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोल्डकपको उपाधि जित्नेमा आफु ढुक्क रहेको बताउनुभयो । तर टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले चर्च ब्वाईजबिरुद्ध निक्कै मेहनत आवश्यक रहेको उहाँको भनाई छ । चर्च ब्वाईजका प्रशिक्षक रुबेन राईले आफ्नो टोली उत्साहितसंगै निक्कै सचेत रहेर आर्मीबिरुद्ध मैदान उत्रने बताउनुभयो । सेमिफाइन्लमा उपाधिको दाबेदार पुलिसलाई हराएकाले टोलीको मनोबल उच्च रहेको राईको भनाई थियो ।
जायोन स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगीताको उपाधि बिजेताले १२ लाख ५० हजार र उपबिजेता टोलीले ६ लाख २५ हजार रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?