Logo

अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप : पहिलो सेमीफाइनलमा आर्मी र सिक्किम भिड्दै

ई-खेलकुद २०७६ कात्तिक २२ , शुक्रबार ०९:११ मा प्रकाशित

झापा । झापामा जारी अन्नपुर्ण हाम्रो पुर्बाञ्चल गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाइनलचरणका खेलहरु सुरु हुदैछन् । गोल्डकपको पहिलो सेमिफाइनलमा आज विभागीय त्रिभुवन आर्मी र भारत सिक्किमको आक्रामक एफसीबिच प्रतिस्पर्धा हुदैछ ।
झापाको बिर्ताबजारस्थित डोमालाल रंगशालामा अपरान्ह ३ बजे सेमिफाइनल भिडन्त सुरु हुनेछ । क्वार्टरफाइनलमा आर्मीले अर्को भारतीय क्लब मोलवे आसामलाई तथा सिक्किमले मोरङको बेलबारी एफसीलाई हराउदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।
यसअघि हिजो भएको अन्तिम क्वार्टरफाइनलमा रुपन्देहिको गोर्खा ब्वाईज क्लबलाई हराउदै चर्च ब्वाईज युनियनले गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको थियो । गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार र उपविजेता टोलीले त्यसको आधा रकम प्राप्त गर्नेछन् । जायोन स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगीतामा २ बिदेशीसहित १० टोली सहभागी छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?