Logo

अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप : अन्तिम क्वार्टरफाइनलमा रुपन्देहि र चर्च ब्वाईज भिड्दै

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०९:११ मा प्रकाशित

झापा । झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगीताको अन्तिम क्वार्टरफाइनलमा आज गोरखा ब्वाइज रुपन्देही र चर्च ब्वाइज काठमाडौंबीच प्रतिस्पर्धा हुदैछ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा अपरान्ह ३ बजे क्वार्टरफाइनल खेल सुरु हुनेछ । वाई पाएर क्वार्टरफाईनलबाट यात्रा सुरु गर्न लागेका दुबै टोली पहिलो जितसंगै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । आजको विजेताले फाइनल प्रबेशका लागि नेपाल पुलिसको सामना गर्नेछ ।
यसअघि हिजो भएको खेलमा पाहुना टोली मोलवे फुटबल क्लब आसामलाई २–० गोलले पराजित गर्दै त्रिभुवन आर्मीले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । कार्तिक २५ सम्म चल्ने गोल्डकपमा दुई भारतीयसहित १० टिमको सहभागीता छ । गोल्डकप विजेता टिमले नगद १२ हजार ५० हजार तथा उपविजेता टिमले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?