Logo

अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप : मोलवेलाई हराउदै आर्मी सेमिफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०५:११ मा प्रकाशित

झापा । विभागीय टोली त्रिभुवन आर्मी झापामा जारी अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको तेस्रो क्वार्टरफाइनलमा पाहुना टोली भारत आसामको मोलवे एफसीलाई २–० ले हराउदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । बिर्ताबजारस्थित डोमालाल रंगशालामा खेलको पाँचौ मिनेटमा आर्मीका कप्तान टेक बहादुर बुढाथोकीले आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औ मिनेटमा दिपक गुरुङले आर्मीको अग्रता दोब्बर पारेका थिए ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा मोलवेले केहि राम्रा अवसर बनाएपनि त्यसको सदुपयोग गर्न सकेन् । खेलमा आर्मीका कप्तान टेक बहादुर म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे । यसअघि विभागीय नेपाल पुलिस र सिक्किम आक्रामकले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोली रुपन्देहिको गोर्खा ब्वाईज क्लब र काठमाण्डौको चर्च ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगीताको उपाधि विजेताले १२ लाख ५० हजार र उपविजेता टोलीले त्यसको आधा रकम प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?