Logo

अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप : आयोजकलाई हराउदै सिक्किम क्वार्टरफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक १६ , शनिबार ०६:११ मा प्रकाशित

झापा । पाहुना टोली आक्रमण एफसी सिक्किमले अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ को फराकिलो अन्तरले हराउदै सिक्किमले क्वार्टरफाइनलमा स्थान बनाएको हो । सिक्किमको जितमा करण राईले ४ गोल गरे । उनले २९, ५१ र ८५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ईन्ज्युरी समयमा अर्को गोल गर्दै उनले टोलीको जित फराकिलो पारे । अर्को गोल गणेश लिम्बुले गरे । आयोजकका तपन कार्की र टंकु लामाले एक एक गोल गरे ।
खेलमा सिक्किमका करण राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार पाए । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । प्रतियोगितामा भोली घरेलु टोली झापा ११ ले विभागीय नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?