Logo

अन्नपुर्ण हाम्रो पुर्बाञ्चल गोल्डकप : एपीएफलाई हराउदै पुलिस सेमिफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक १९ , मंगलबार ०५:११ मा प्रकाशित

झापा । नेपाल पुलिस क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । विभागीय डर्बीको क्वार्टरफाइनल खेलमा एपीएफलाई सडेन डेथमा हराउदै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि भएको टाईब्रेकर पनि ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय सडेन डेथबाट गरिएको हो । जसमा पुलिस भाग्यमानी बन्यो ।
झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा एपीएफले २९ औ मिनेटमा रमेश दंगालको गोलमा अग्रता बनाएको थियो । खेलको ६०औं मिनेटमा भोला सिलवाल गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए ।

त्यसपछि निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो । खेलमा पुलिसका भरत सिलवाल म्यान अफ दि म्याच बने । उनले १० हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा भोली भारतको आसाम फुटबल टिम र विभागीय त्रिभुवन आर्मीबिच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?