
झापा । झापामा जारी अन्नपुर्ण हाम्रो पुर्बाञ्चल गोल्डकप फुटबल प्रतियेगिताको दोस्रो क्वार्टरफाइनलमा २ विभागीय टोली नेपाल पुलिस र एपीएफबिच प्रतिस्पर्धा हुदैछ । झापाको बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा अपरान्ह ३ बजेपछि विभागीय टोलीबिचको क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । पुलिसले घरेलु टोली झापा ११ लाई हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो भने एपीएफ वाई पाएको टोली हो ।
यसअघि हिजो भएको खेलमा मोरङ ११ लाई हराउदै पाहुना टोली आक्रमण एफसी सिक्किमले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको थियो । १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार र उपबिजेता टोलीले ६ लाख २५ हजार रुपैया हात पार्नेछन् ।
