Logo

अन्नपुर्ण हाम्रो पुर्बाञ्चल गोल्डकप : बेलबारीलाई हराउदै सिक्किम सेमिफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०५:११ मा प्रकाशित

झापा । पाहुना टोली आक्रमण एफसी झापामा जारी अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । झापाको बिर्ताबजारस्थित डोमालाल राजबंशी रंगशालामा आज भएको पहिलो क्वार्टरफाइनलमा बेलबारी एफसी मोरङलाई ३–२ गोलअन्तरले हराउदै सिक्किमले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको पहिलो मिनेटमै १–० ले पछि परेको अवस्था उल्टाउदै सिक्किमले पुनरागमन जित निकाल्यो । किरण लिम्बुले बेलबारीलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा रोहन राईले गोल गर्दै सिक्किमलाई बराबरीमा पुर्याए । ६२ औं मिनेटमा रोहनले ब्यक्तिगत दोस्रो गोल गर्दा सिक्किमले २–१ को अग्रता बनाएको थियो
खेलको ६७ औं मिनेटमा बेलबारीका विक्रम सुब्बाले उत्कृष्ट गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए । ८५ औं मिनेटमा सिक्किमका करण राईले गोल गर्दै टोलीको जित निश्चित पारे । निक्कै प्रतिस्पर्धात्मक खेलमा बेलबारीले खेलमा केहि अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलमै रोकन बाध्य भयो ।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा भोली २ विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?