
झापा । झापामा जारी अन्नपुर्ण हाम्रो पुर्बाञ्चल गोल्डकप फुटबल प्रतियेगितामा आजबाट क्वार्टरफाइनल चरणका खेल सुरु हुदैछन् । गोल्डकपको पहिलो क्वार्टरफाइनलमा पाहुना टोली आक्रमण एफसी सिक्किम र मोरङको बेलबारी फुटबल क्लबबिच प्रतिस्पर्धा हुदैछ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा अपरान्ह ३ बजेपछि क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । पहिलो खेलमा आयोजकलाई हराउदै सिक्किमले क्वार्टरफाइनलमा स्थान बनाएको हो । बाई पाएको बेलबारीले भने क्वार्टरफाइनलबाट यात्रा सुरु गर्न लागेको हो ।
यसअघि हिजो भएको खेलमा घरेलु टोली झापा ११ लाई हराउदै विभागीय नेपाल पुलिसले अन्तिम आठमा स्थान बनाएको थियो । १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १५ लाख ५० हजार र उपबिजेता टोलीले ६ लाख २५ हजार रुपैया हात पार्नेछन् ।
