Logo

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा फ्रान्स र ईङल्याण्डको जित

ई-खेलकुद २०७८ जेठ २० , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत गएराती भएका खेलमा फ्रान्स, ईङलयाण्ड, अजरबैजान र नर्बे विजयी भएका छन् । थप तीन खेल भने बराबरीमा सकिएका छन् ।
फ्रान्सले वेल्समाथि ३–० गोलको सहज जित निकालेको छ । गएराती फ्रान्सस्थित एलियान्ज रिभेरामा फ्रान्सलाई जिताउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रिजम्यान र ओस्माने डेम्बेलेले गोल गरे । वेल्स खेलको २४औँ मिनेटमा दस खेलाडीमा सीमित भएको थियो । वेल्सका नेको विलियम्सले रातो कार्ड पाएका थिए । २७ औँ मिनेटमा पाएको पेनाल्टीमा असफल हुँदा फ्रान्स सुरुआती अग्रता बनाउन चुकेको थियो । यसै खेलमार्फत राष्ट्रिय टोलीमा फर्किएका करिम बेन्जेमा पेनाल्टीमा असफल बनेका थिए । तर ३४ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पहिलो हाफभरि फ्रान्सलाई १–० गोलको अग्रता दिलाए । ४७ औँ मिनेटमा ग्रिज्म्यानले गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर पारेको थियो । ७९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए । इङ्ग्ल्यान्डले अस्ट्रियामाथि १–० गोलको जित निकालेको छ । इङ्ग्ल्यान्डस्थित रिभरसाइड स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डलाई जिताउन बुकायो साकाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औँ मिनेटमा साकाले गरेको गोल इङ्ग्ल्यान्डको जितमा निर्णायक बनेको हो । नर्बेले लब्जेम्बर्गलाई समान १–० ले हराउदा रोमानिया जर्जियासंग २–१ गेल अन्तरले स्तब्ध भयो ।
गएराती नै जर्मनी र डेनमार्कले एक एक गोलको बराबरी खेलेका छन् । नेदरल्याण्डस र स्कटल्याण्डले २–२ गोलको बराबरी खेल्दा बोस्निया हर्ज गोभिना र मोन्टेनेग्रोले गोलरहित बराबरीको नतिजा निकाले ।

 

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?