Logo

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलका पोर्चुगलको शानदार जित

ई-खेलकुद २०७८ जेठ २७ , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल र अमेरिकाले शानदार जित निकालेका छन् । ईजरेलमाथि ४–० को शानदार जित निकाल्दै पोर्चुगलले युरोकपको तयारी तिब्र पारेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले ४–० को जित निकालेको हो । पहिलो हाफ २–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई थपेको थियो ।
पोर्चुगलका लागि बुर्नाे फर्नान्डेस दुई गोल गरे । क्रिष्टियानो रोनाल्डो र जोआ कन्सेलोले एक एक् गोल थपे । खेलको ४२ औ र इन्जुरी समयमा फर्नाण्डेजले गोल गरेका थिए । रोनाल्डो ४४ र कन्सेलोले ८६ औ मिनेटमा गोल गरे ।
गएराती नै अमेरिकाले कोस्टारिकालाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एक एके गोल गरे ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?