Logo

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चुगल र ईजरेल भिड्दै

ई-खेलकुद २०७८ जेठ २६ , बुधबार ०३:०६ मा प्रकाशित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज २ खेल हुदैछन् । युरोकपको साविक विजेता पोर्चुगलले आज ईजरेलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राती साढे १२ बजे सुरु हुनेछ । यसअघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने इजरेलले मोन्टेनेग्रोलाई ३–१ ल्े हराएको थियो ।
पोर्चुगलले जुन १५ मा हङ्गेरीसँग खेल्दै युरो कपको थालनी गर्नेछ । इजरेल भने सन् २०२२ मा हुने फिफा विश्वकप छनोट खेलको तयारीमा छ । अर्को मैत्रीपुर्ण खेलमा अमेरिकाले कोष्टारिकासंग प्रतिस्पर्धा गर्नेछ । यो खेल भने नेपाली समयानुसार भोली बिहान सवा ४ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?