
एजेन्सी । नेपाली क्रिकेट टोलीका सर्बाधिक सफल खेलाडी पारस खड्काले अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेटमा डेब्यु गरेका छन् । युएईमा आजबाट सुरु भएको दोश्रो संस्करणको टि–१० क्रिकेट लिगबाट पारसले अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेटमा डेब्यु गरेका हुन् । युएईको आबुदाबीस्थित शेख जायद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टिम आबुदाबीले पहिलो खेलमै पारसलाई प्लेईङ सेटमा राखेको हो । साहिद अफ्रिदि कमानीको टिम कलन्र्दसबिरुद्धको खेल पारसको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाईज लिग खेल हुनेछ ।
पारस अन्तराष्ट्रिय फ्रेन्चाईज लिग खेल्ने तेस्रो नेपाली क्रिकेटर बनेका छन् । यसअघि नेपालका सन्दिप लामिछाने र सोमपाल कामीले अन्तराष्ट्रिय फ्रेन्चाईज लिग खेलिसकेका छन् । खेलमा टस जितेको कलन्दर्सले पहिले फिल्डिङ रोजेपछि पारसको टोली आबुदाबी ब्याटिङमा उत्रिएको छ ।
