Logo

अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा आज पारसले डेब्यु गर्लान ?

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०५:११ मा प्रकाशित

एजेन्सी । नेपाली क्रिकेट टोलीका सर्बाधिक सफल खेलाडी पारस खड्काले अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा डेब्यु गर्दैछन् । युएईमा जारी दोश्रो संस्करणको टि–१० क्रिकेट लिगबाट पारसले अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा डेब्यु गर्न लागेका हुन् । नेपाली समयानुसार आज राती पौने ११ बजे हुने खेलमा पारस आबद्ध टिम आबुदाबीले साहिद अफ्रिदि कमानीको टिम कलन्र्दससंग प्रतिस्पर्धा गर्दैछ । सोहि खेलमार्फत पारसले डेब्यु गर्ने संभावना रहेको छ । युएई पुगेलगत्तै पारस टोलीको अभ्यासमा सहभागी भएको तथा टोलीमा १४ जना सदस्यमात्र रहेकाले पहिलो खेलबाटै आबुदाबीले पारसलाई मैदान उतार्ने संभावना उच्च रहेको छ ।
सहभागी ८ टिमलाई दुइ समुहमा बिभाजन गरेर राउण्ड रोबिन लिग खेलाइने प्रतियोगीतामा २ नेपाली क्रिकेटर फरक २ टोलीमा आबद्ध रहेका छन् । नेपाली लेगस्पिनर सन्दिप लामिछाने भने टिम कर्नाटका टस्कर्समा आबद्ध रहेका छन् । सन्दिपको टोलीले भोली पहिलो खेल खेल्नेछ ।
पारस रहेको टिम ‘टिम आबुधाबी’ रहेको समुह ‘बि’ मा मराठा अरबियन्स, नर्थर्न वारियर्स र टिम कलन्दर्स रहेका छन । समुह एबाट टिम कर्नाटका टस्कर्स, बंगला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स र डेल्ली बुल्सले प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?